प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चैत्र २०७८
लागूऔषध ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०७८-१२-३०

बाँके, २०७८ साल चैत्र ३० जिल्लाको कोहलपुर नगरपालिका वडा नं.१२ बाट ८० ग्राम लागूऔषध खैरो हिरोइन सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि घर भएका ३० वर्षिय मुन्ना भन्ने जगत के.सी. रहेका छन् । मिति २०७८।१२।२९ गते अं.१६:०० बजेको समयमा जिल्ला बाँके, कोहलपुर नगरपालिका वडा नं. १२  रोहिनी खोला स्थित राजमार्ग सडक खण्डमा अवैध लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) को कारोवार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटीगई चेकजाँच गर्ने क्रममा मुन्ना भन्ने जगत के.सी.लाई  खान तलासी गर्दा निजले दायाँ हातमा समाती राखेको रातो रङको कपडाको झोला भित्रबाट रातो रङको प्लाष्टिकले लपेटी राखेको ८० ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ र निजले प्रयोग गरेको भे.१२ प.२९०नं. को  स्कुटर बरामद गरिएको छ । निज मुन्ना भन्ने जगत के.सी.लाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न ।
२०७८-१२-२२

नवलपरासी (पश्चिम), नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा मंगलबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सम्बोधनको क्रममा प्रशिक्षार्थीहरूलाई तालिममा हासिल गरेका युक्तिहरूलाई व्यक्तिगत लाभ भन्दा पनि नागरिकको सुरक्षाको लागि प्रयोग गरी नागरिकले सुरक्षाको अनुभूति गर्ने गरी अदम्य साहस र उर्जाका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । सवै प्रहरी कर्मचारीले आफ्नो पेशाप्रति गर्व गर्नुपर्ने चर्चा गर्दै उहाँले स्वअनुशासनको पालना गर्दै संगठनको छविलाई उच्च राख्न लाग्नुपर्नेमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन समेत दिनुभयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक मसऊद आलम खाँले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक मेख बहादुर कुँवरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ४ जना, प्रहरी सहायक निरीक्षक ८ जना र प्रहरी जवान ९२ जना गरी जम्मा १ सय ४ जनाको सहभागिता रहेको जानकारी दिनुभयो । उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए । समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

लागूऔषध चरेस सहित मानिस नियन्त्रणमा
२०७८-१२-०६

बाँके, चैत ०६ गते, मिति २०७८।१२।०६ गते १२ः४५ बजेको समया जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. २ पुष्पलाल चोक स्थित रहेको स्याङ्जा गेष्टहाउसको कोठा नं. ७ मा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको सादा पोसाकको टोलिले चेकजाँच गर्ने क्रममा खाटको सिरानी पछाडी प्लाष्टिकको थैलोमा लुकाई छिपाई राखेको अबस्थामा ३ के.जी. लागूऔषध चरेस सहित जिल्ला कालिकोट खाडा चक्र नगरपालिका वडा नं. ९ बस्ने वर्ष २५ को प्रबिण बिष्‍ट र ऐ.ऐ. वडा नं. ७ बस्ने वर्ष २३ को राज बहादुर कार्कीलाई  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

रेड पाण्डाको छाला सहित मानिस नियन्त्रणमा
२०७८-१२-०६

बाँके, २०७८ चैत ०६ गते, मिति २०७८।१२।०६ गते १२ः०० बजेको  समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. १२ कोरियनपुर स्थित रहेको होटेल अन्जना एण्ड लजमा लोप उन्मुख बन्यजन्तुको कारोबार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको सादा पोसाकको टोलिले उक्त होटलको कोठा नं. १०५ मा चेकजाँच गर्दा खाटमा प्लाष्टिकको थैलोमा लुकाई राखेको अबस्थामा  रेड पाण्डाको छाला २ थान सहित जिल्ला डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३६ को हर्क बहादुर बि.क., ऐ.ऐ. बस्ने वर्ष २३ को बिकेश बोहरा, ऐ.ऐ. ११ बस्ने वर्ष २२ को रामकृष्ण शाही र ऐ. ठुली भेरी नगरपालिका वडा नं. १ बस्ने वर्ष २५ को सुखराम बि.क.लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य  भईरहेको ।